१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन्।

आज बिहान सम्पन्न नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने निर्वाचनमा पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका हुन्।

एमालेसँग कतिपय क्षेत्रमा तालमेल हुन सक्ने भन्ने हल्लालाई खारेज गर्दै प्रचण्ड खारेज गरे ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले ‘अब नेकपाले कुनै पनि पार्टीसँग तालमेल नगरी चुनाव लड्नेछ र पहिलो पार्टी बन्नेछ’ भन्ने दाबी गरेका थिए। उनले जनताबाट तिरस्कृत र अस्वीकृत शक्तिसँग कहीँ कतै गठबन्धन नहुने नीति पार्टीले लिएको स्पष्ट पारे।

उनले अहिलेसम्मको चुनावी प्रचार–प्रसारको प्रवृत्ति हेर्दा नेकपा अन्य दलभन्दा अगाडि देखिएको उल्लेख गर्दै उम्मेदवारहरूले जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए।

यसै बैठकमा सहसंयोजक माधवकुमार नेपालले पनि एमालेसँग तालमेलको कुनै सम्भावना नरहेको स्पष्ट पारेका थिए।

करिब एक घण्टा चलेको जुम बैठकमा देशभरका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको पार्टी नेता पोखरेलले जानकारी दिए।

 

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १ : ३१ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई