१ चैत्र २०८२, आइतबार | March 15, 2026

बालिका बिक्री गर्न खोज्ने एक जना आरोपित पक्राउ



सप्तरी । बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले आज एक आरोपित पक्राउ गरेको छ । प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका आरोपितलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलालले बताए ।

पीडितहरुको उद्धार भई घर फर्किएपछि उनीहरुका बुवाले संयुक्तरुपमा आइतबार दिएको मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी एक जना आरोपितलाई पक्राउ गरिएको हो ।

यहाँका १३ र १४ वर्षीया बालिकालाई बेचविखन गर्न भारत लगेको आरोपमा सलाम पक्राउ परेको र अर्का आरोपित हनुमाननगर कंकालिनी-६ का २० वर्षीय ओमप्रकाश चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दशैंको मेला हेर्न राजविराज आएकी बालिकाहरुलाई आरोपितले ललाईफकाई कात्तिक १० गते राति शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा लगेर राखेका थिए ।

बिहेको प्रलोभन दिई लगेका आरोपितले कात्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाएर भारत बिहारको करियौत पु¥याएको पछि थाहा पाएको पीडितहरुले बताए ।

करियौतका स्थानीयवासीले शंका लागी सोधपुछ गर्दा आरोपित फरार भएपछि उनीहरुले पीडितका परिवारका सदस्यलाई सम्पर्क गरी जिम्मा लगाएको पीडित परिवारले जानकारी दिए ।

यसअघि बेचविखनमा परेकी १५ वर्षीया बालिकाकी आमाले डाक्नेश्वरी नगरपालिका-३ का ४२ वर्षीया भदियादेवी मलाह, ४५ वर्षीय उतिमलाल मलाह र १९ वर्षीय सन्तोष मुखियाविरुद्ध अपहरण गरी बेचविखन गर्न भारत पु–याएको भन्दै गत असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

स्थानीय व्यक्तिको सहयोगमा बाल संरक्षण एकाइ समस्तीपुरमा एक वर्षसम्म आश्रय लिएकी बालिकाको उद्धार भई घर फर्किएपछि आरोपितमध्ये भदियादेजी गत असोज २३ गते पक्राउ परेकी हुन् । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ४३ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय