५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ



काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट मधुबन नगरपालिका–७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट सोही गाउँपालिका–६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका–४ बाट सोही उपमहानगरपालिका–१८ का जेम्स राई र सोही उपमहानगरपालिका–१७ का सिद्धार्थ चौधरी पक्राउ परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका–५ बाट सोही नगरपालिका–७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट राक्सिराङ गाउँपालिका–६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका–२ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने प्रतिक चौधरीलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–१९ धामी चोकबाट सोही उपमहानगरपालिका–१९ बस्ने बिवेक चौधरी, सोही उपमहानगरपालिका–१२ जुगेडा बस्ने नमराज बराइली र छत्र बहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन् ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका–१ अमौरीबाट जानकी गाउँपालिका–२ परागिपुर बस्ने रमेश दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । बाँके, कोहलपुर नगरपालिका–११ सिद्धनगर डेरा गरी बस्ने गोबिन्द सुनार पनि पक्राउ परेका छन् ।

कास्की, पोखरा महानगरपालिका–९ शान्तिवनबाट सोही ठाउँ बस्ने सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १ : ३४ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११