२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना निको हुने दर वृद्धि



काठमाडौं । नेपालभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४४६ को पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज एक हजार ६३० सङ्क्रमित भएका छन् । त्यसमध्ये, काठमाडौंमा एक हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना छन् । अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ३७ हजार ९९२ रहेको छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको छ । सङ्क्रमित हुने मध्ये ०.६ प्रतिशतको ज्यान गएको छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार