१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोरोना निको हुने दर वृद्धि



काठमाडौं । नेपालभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४४६ को पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज एक हजार ६३० सङ्क्रमित भएका छन् । त्यसमध्ये, काठमाडौंमा एक हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना छन् । अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ३७ हजार ९९२ रहेको छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको छ । सङ्क्रमित हुने मध्ये ०.६ प्रतिशतको ज्यान गएको छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २७ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय