११ भदौ २०८३, बिहिबार | August 28, 2026

कोरोना उपचारको ६ हप्ताभित्र बिरामीलाई ‘ब्ल्याक फंगस’को बढी जोखिम : चिकित्सक



नयाँदिल्ली । कोभिड उपचारको ६ हप्ताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फंगस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इस्न्टिच्युट (एम्स)का वरिष्ठ नसारोग विशेषज्ञले बताएका छन् ।

एम्समा न्युरो सर्जरीका प्राध्यापक डा. पी शरत्चन्द्रले एएनआईसँगको कुराकानीमा भने, “‘फंगल’ संक्रमण कुनै नयाँ समस्या होइन । संक्रमणका धेरै कारणहरू हुनसक्छन् । सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुन नसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो संक्रमण हुनसक्छ । कोभिड उपचारको ६ हप्ताभित्रमा मानिसलाई यी कुनै पनि कारण कालो फंगसको उच्च जोखिम रहने गर्छ ।”

उनले सचेतनाका लागि भने, “सिलिन्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फंगसजस्ता समस्या निम्त्याउने खतरा हुनसक्छ ।”

भारतका विभिन्न भागहरूमा ‘कालो ढुसी’ संक्रमणका घटनाहरू जानकारीमा आइरहेका छन् । राजस्थान, गुजरात, पन्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलंगना र तमिलनाडुजस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन् ।

कोभिड महामारीको अतिरिक्त कालो ढुसीको संक्रमण समस्या बढ्दो चिन्ताको बीचमा दिल्लीको सर गंगाराम अस्पतालमा सानो नसाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : २९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि