२ बैशाख २०८३, बुधबार | April 15, 2026

पाँच करोडको लागतमा कालिज पालन



पाल्पा । पाल्पामा पहिलोपटक व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । कालिजको मासु तथा चल्ला बिक्री गर्ने उद्देश्यले तानसेनको बतासेडाँडामा यसको व्यवसायिक पालन सुरु भएको हो ।

पाल्पा र रुन्देहीका पाँच जना व्यवसायी मिलेर पाँच करोडको लागतमा कालिजको व्यावसायिक पालन सुरु गरेको उनीहरूले बताएका छन् । बजारमा कालिजको मासु तथा चल्लाको माग छ, कालिज पालक किसान सुरेन्द्र बस्यालले भने, ‘माग परिपूर्ति गर्न २४ रोपनी जग्गामा कालिज पाल्न सुरु गरेका छौँ ।

उनका अनुसार फर्ममा हाल रिङ्नेक र ब्राउन जातको २२ सय कालिज हुर्किरहेको छ । निकट भविष्यमा वार्षिक ४० हजार कालिजका चल्ला उत्पादन गर्न ह्याचरी सञ्चालन गर्ने लक्ष्य फर्मको छ ।

सितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्रालि दर्ता गरेर पाँच जनाले कालिज पालेको उनले बताए । कालिज पालनका लागि आवश्यक पर्ने १५ देखि २५ डिग्री सेन्टीग्रडको तापक्रम भएको जग्गाको खोजी गरेर जिल्लामै कालिज पालन गरिएको व्यवसायीहरूको दावी छ ।

हाल बजारमा एक वटा हुर्किएको कालिजको मुल्य चार हजार रुपियाँसम्म पर्छ । खादा स्वादिष्ट हुने र स्वास्थ्यका लागि समेत फाइदाजनक हुने भएकाले कालिजको मासु बिक्री गर्न कुनै समस्या नहुने अर्का व्यवसायी रामप्रसाद श्रेष्ठले बताए ।

जङ्गलमा मात्र पाइने कालिजको मासु बजारमा माग बढी भए पनि उत्पादन अभावमा यसको बजार बिस्तार हुन नसकेको उनीहरूको भनाई छ ।

तर आफूहरूले बजारमा माग भएअनुसारको कालिज उत्पादन तथा बिक्री गर्ने र उपभोक्तालाई मासुमा नयाँ स्वाद दिलाउने व्यवसायीले उल्लेख गरेका छन् । पाल्पाका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई नयाँ स्वादका लागि पनि आफूहरूले होटल सञ्चालन गर्न लागेको सञ्चालक कमल पाण्डेयले बताए ।

कालिजको व्यवसायिक पालनसँगै भविष्यमा सरकारबाट स्वीकृति पाएपछि अन्य वन्यजन्तुको पालन सुरु गर्ने व्यवसायीहरूले बताएका छन् । अहिले २४ रोपनी जग्गामा कालिजको पालन र फलफूलजन्य बस्तु, कागती, सुन्तला, एबोगार्डको उत्पादन समेत सुरु गरेको श्रेष्ठले बताए । भविष्यमा सरकारले अनुमति दिएको खण्डमा अन्य वन्यजन्तुको पालन समेत गर्छौँ उनले भने । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ३१ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले