१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

नेपालको भूमि अतिक्रमण गरेका छैनौं : चिनियाँ विदेश मन्त्रालय



काठमाडौं । चीनले नेपालको कुनै पनि भूमि नमिचेको पुन: स्पष्ट पारेको छ ।

चिनियाँ विदेशमन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमाप्रवक्ता वाङ वेनविनले ‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको’ स्पष्ट पारेका हुन् ।

सोमबार ‘द टेलिग्राफ’ले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको समाचार प्रकाशित गरेको थियो  ।

केही समयअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनले हुम्लामा सीमा मिचेको आरोप लगाएको थियो  । सोही आधारमा नेपाल भित्र र बाहिरका विभिन्न पत्रपत्रिकामा चीनले नेपालको सीमा अतिक्रमण गरेको समाचार प्रकाशित हुँदै आएको छ ।

द टेलिग्राफको समाचारको खण्डन गर्दै चिनियाँ विदेश प्रवक्ता वेनविनले आफ्नो देशले नेपालको नमिचेको बताएका हुन् ।

उनले समाचार प्रकाशित गर्ने संस्थाले नै प्रमाण पेश गर्नुपर्ने जनाएका छन् ।

नेपाल सरकारले भने यसअघि नै चीनले सीमा अतिक्रमण नगरेको स्पष्ट पारेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ४ : ३६ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज