३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता



काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहलाई आज एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताएका छन् ।

नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री लीले नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर ‘बेल्ट एण्ड रोड इनिसिएटभ्’ लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताएका छन् । साथै, प्रधानमन्त्री लीले विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहो¥याएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ११ : ५६ बजे

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार

राष्ट्र बैंकले ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।