२२ माघ २०८२, बिहिबार | February 5, 2026

ढकाल प्यानलबाट एशोसिएट्स, वस्तुगत र जिल्लातर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवारी दर्ता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलले उम्मेदवारी दर्ता गरेको छ ।

मंगलबार उम्मेदवारी दर्ता गर्दै ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवर्धन गर्न आफु नेतृत्वको टीमको जीत आवश्यक रहेको बताएका छन् ।

‘निजी क्षेत्रका सानो व्यवसाय प्रवद्र्धनदेखि तथा ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सृजना गर्ने उद्देश्य अनुरुप मेरो नेतृत्वमा हामीले उम्मेदवारी दर्ता गराएका छौं,’ आफ्नो टीमका सदस्यहरुको उम्मेदवारी दर्ता कार्यक्रममा ढकालले भने, ‘मेरो नेतृत्वको टीमले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघको तर्फबाट नीतिगत रुपमा व्यवसायीक मैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा लविङ गर्नेछ ।’

यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जित सुनिश्चित रहेको बताए । ढकालले उक्त दौडका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम नै सबल र सक्षम भएको र सफल हुने दावी गरे ।

ढकाल प्यानलबाट आज नै विभिन्न व्यक्तिहरुले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। जसमा वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल प्यानलबाटअशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । यस प्यानलबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गरिसकेको एक सदस्यका प्रत्यासीले बताए ।

यसैगरी एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित वस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सदस्यहरुले पनि केही दिनभित्रै आआफ्नो उम्मेदवारी गर्दा गराउने जानकारी सोही टीमले दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १० : ३८ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं