२ असार २०८३, मंगलबार | June 16, 2026

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ पुगेको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर चार हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा तीव्र परिवर्तन देखिँदै आएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १० : ५५ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत