१७ फाल्गुन २०८२, आइतबार | March 2, 2026

आईपीएल २०२० : मुम्बईलाई हराउँदै हैदारबाद प्ले अफमा, कोलकाता बाहिरियो



काठमाडाैं । युएइमा जारी १३ औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) अन्तर्गत सनराइजर्स हैदराबाद विजयी भएकाे छ ।

मंगलबार राति सम्पन्न आइपिएलकाे ५६औं खेलमा हैदराबादले मुम्बइ इन्डियन्सलाई १० विकेटले पराजित गरेकाे हाे ।

जितसँगै हैदराबाद प्लेअफमा पुग्ने चाैथाे टाेली बन्दा काेलकाता नाइट राइडर्स प्रतियाेगिताकाे लिग चरणबाटै बाहिरियाे ।

१ सय ५० रनमा मध्यम रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले १७.१ ओभरमा विना विकेटकाे क्षतिमा पुरा गर्याे । ऋद्धिमान साह र डेविड वार्नरले १ सय ५१ साझेदारी गर्दै टाेलीलाई दश विकेटकाे विशाल जित दिलाए । वार्नरले ५८ बलमा ८५ तथा साहले ४५ बलमा ५८ रनकाे याेगदान दिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे मुम्बइले १ सय ४९ रन बनाएकाे थियाे । चाेटका कारण बेन्चमा रहेका कप्तान राेहित शर्मा हैदराबादविरूद्धकाे खेलमा पुनरागमन जनाएपनि उनले उल्लेखनीय याेगदान भने दिन सकेनन् । उनी ७ बल खेल्दै मात्र ४ रनमा आउट भए ।

मुम्बइका किराेन पाेलार्ड, सूर्यकुमार यादव, इशान किशन र क्वुइन्टन डि कक बाहेक अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेन । पाेलार्डले ४१, यादवले ३६, किशनले ३३, डि ककले २५ तथा रन बनाए ।

हैदराबादका सन्दीप शर्माले ३, शाहबाज नदीमले र ज्यासन हाेल्डरले समान २-२ तथा राशिद खानले एक विकेट लिए ।

आईपीएल २०२० मा प्लेअफमा पुग्ने चार टाेलीकाे टुंगाे लागेका छ । अंक तालिकामा मुम्बइ १८, दिल्ली १६ अंकसहित पहिलाे र दाेस्राे स्थानमा रह्याे भने हैदराबाद, बेङ्गलाेर र काेलकाताकाे समान १४ अंक भएपनि रनरेटका आधारमा हैदराबाद र बेङ्गलाेर अघि रहँदै प्लेअफमा पुग्याे भने काेलकाता प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

क्वालिफायरमा मुम्बइ र दिल्लीले बिहीबार दुबइ अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ भने एलिमिनेटरमा हैदराबाद र बेङ्गलाेरले शुत्रबार अबुधाबीस्थित शेख जायद स्टेडियममा खेल्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : २७ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका