१ चैत्र २०८२, आइतबार | March 16, 2026

चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशित



काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘चू याँ’ नामक चिनियाँ सांस्कृतिक नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको छ ।

प्रसिद्ध चिनियाँ संस्कृतिकर्मी एवं तत्कालीन चीन सरकारका मन्त्री को–मो–जोद्वारा लिखित ‘चू याँ’ नामक नाटक देवेन्द्रराज अज्र्यालले चिनियाँबाट नेपाली भाषामा अनुवाद गरेका थिए।

उक्त नाट्यकृति तत्कालीन नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्माका पालामा विसं २०१८ मा प्रथम पटक प्रकाशन भएको थियो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशी साहित्यका बहुमूल्य एवं उत्कृष्ट सिर्जनालाई नेपाली भाषामा रूपान्तरण गरी छाप्ने नीतिअन्तर्गत ऐतिहासिक र विशिष्ट महत्व बोकेको चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशन गरिएको बताए ।

चिनियाँ सांस्कृतिक विशिष्टताले भरिपूर्ण उक्त नाटकले राष्ट्रभक्तिको विशिष्ट नमूना प्रस्तुत गरेको तथा वर्तमान सन्दर्भमा पनि नेपाली पाठकका लागि समेत उत्तिकै पठनीय र उपयोगी हुने उपकुलपति डा जगमान गुरुङले विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पाठकको माग एवं बहुमूल्य र विशिष्ट महत्वका पूर्व प्रकाशित कृतिलाई पुनः प्रकाशन गरिँदै जाने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ५ : ४९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन