२० मंसिर २०८२, शनिबार | December 6, 2025

चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशित



काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘चू याँ’ नामक चिनियाँ सांस्कृतिक नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको छ ।

प्रसिद्ध चिनियाँ संस्कृतिकर्मी एवं तत्कालीन चीन सरकारका मन्त्री को–मो–जोद्वारा लिखित ‘चू याँ’ नामक नाटक देवेन्द्रराज अज्र्यालले चिनियाँबाट नेपाली भाषामा अनुवाद गरेका थिए।

उक्त नाट्यकृति तत्कालीन नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्माका पालामा विसं २०१८ मा प्रथम पटक प्रकाशन भएको थियो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशी साहित्यका बहुमूल्य एवं उत्कृष्ट सिर्जनालाई नेपाली भाषामा रूपान्तरण गरी छाप्ने नीतिअन्तर्गत ऐतिहासिक र विशिष्ट महत्व बोकेको चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशन गरिएको बताए ।

चिनियाँ सांस्कृतिक विशिष्टताले भरिपूर्ण उक्त नाटकले राष्ट्रभक्तिको विशिष्ट नमूना प्रस्तुत गरेको तथा वर्तमान सन्दर्भमा पनि नेपाली पाठकका लागि समेत उत्तिकै पठनीय र उपयोगी हुने उपकुलपति डा जगमान गुरुङले विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पाठकको माग एवं बहुमूल्य र विशिष्ट महत्वका पूर्व प्रकाशित कृतिलाई पुनः प्रकाशन गरिँदै जाने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ५ : ४९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले