१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

स्थानीय साधनले फेरियो गाउँको मुहार



हुम्ला । आफू र परिवारको सुखका लागि उहिले मुुग्लान पस्ने चलन थियो । अहिले पनि देश-प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर्तन ल्याउन सक्ने सफलताको कथा यहाँ एउटा गाउँले देखाएको छ ।

गाउँकै पाखापखेरामा खेर गइरहेको स्थानीय जडीबुटी त्यसको कारण बनेको छ । त्यही स्थानीय स्रोतको सदुपयोगले नै सिङ्गो गाउँकै मुहारमा परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण नेक्पाका स्थानीयवासीले दिएका छन् । खेर गइरहेको जडीबुटी सङ्कलन गरेर यहाँका स्थानीयवासीले घरको छाना नै बदल्नुका साथै पठनपाठनको गर्जो समेत टार्न सफल भएका छन् ।

यहाँको जङ्गलमा पाइने जटामसी, कुट्खी, सेतकचिनी जस्ता जडीबुटीले स्थानीयवासीको जीवनमा महìवपूर्ण परिवर्तन ल्याइदिएको छ । जडीबुटीको सङ्कलनबाट हुम्लाकै दुर्गम नेक्पा बस्तीमा बर्सेनि खरका छाना हटाउने क्रम जारी रहेको स्थानीय धनबहादुर तामाङले जानकारी दिए ।

स्थानीयवासीले जङ्गलमा पाइने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जबाट आउने व्यापारीलाई बिक्री गर्छन् । उच्च हिमाली भेगमा पाइने यी मूल्यवान् जडीबुटी विदेश निर्यात हुने गर्छ । जसले गर्दा माग पनि निकै हुने गर्छ । तामाङले गाउँमा अन्न उत्पादन राम्रै हुने भए पनि कमाइको मुख्य स्रोेत जडीबुटी भएपछि घरमा जस्तापाताका छाना लगाउन थालेको बताए ।

याममा घरका काम गर्न सक्ने सबैजना जडीबुटी सङ्कलन गर्न जाने भएकाले त्यसबाट दह्रो कमाइ गर्न सकिने उनि बताउँछन् । भदौ अन्तिमदेखि हिउँदभर स्थानीय बासिन्दा जडीबुटी सङ्कलनमा लाग्छन् । जसबाट एक परिवारले वर्षमा सातदेखि आठ लाख रुपियाँ आम्दानी गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

अर्का स्थानीय धनबहादुर तामाङ पनि जडीबुटीकै कमाइबाट घरमा खरको छाना फेरेर पक्की बनाउन सफल भएको बताउँछन् । उनको परिवारले जडीबुटीबाट मात्र वार्षिक १२ देखि १ं५ लाख रुपियाँ कमाइ गर्ने गर्छ । यसबाट घरको छाना फेर्न सफल भएको उनि बताउँछन् । नेक्पा गाउँका जो कोही स्थानीयवासीलाई कमाइको कुरा उठ्नेबित्तिकै जवाफ आइहाल्छ जडीबुटी भनेर ।

अहिलेसम्म मोबाइल सेवाको समेत पहुँच पुग्न नसकेको नेक्पा गाउँमा आम्दानीमा भएको वृद्धिसँंगै आधुनिकता भित्रिन थालेको छ । घरको आम्दानी राम्रो हुने भएपछि पढेलेखेका युवा पठनपाठनकै लागि सदरमुकाम सिमकोट र जिल्ला बाहिर जान थालेका छन् । सरकारी जागिरमा बिरलै पहुँच भएका नेक्पावासीका लागि गतिलो आम्दानीको स्रोेत जडीबुटी भएको छ ।

वडाध्यक्ष भैरव तामाङ नेक्पामा परिवर्तन ल्याउन जडीबुटीको कमाइको महìवपूर्ण योगदान रहेको बताउँछन् । कुल ६६ घरधुरी रहेको नेक्पा गाउँमा ४६ घरधुरी दुई वर्षमा खरका छाना हटाएर जस्तापाताले छाउन सफल भएको उनले बताए । अब बाँकी रहेका २० घरधुरी पनि खरका छाना हटाउने अन्तिम तयारीमा रहेको बताउँदै वडाध्यक्ष तामाङले यो हिउँदसम्म धेरै घरका छानाको मुहार फेरिने बताए ।

शिक्षा, स्वास्थ्यका केही सुविधा गाउँमा पुगेको भए पनि अन्य धेरै कुरा उक्त गाउँमा पुग्न नसकेकाले तीनै तहको सरकारले यसमा ध्यान दिनुपर्ने बताए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : ०० बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना