३ मंसिर २०८२, बुधबार | November 19, 2025

दैनिक ७० प्रतिशत मात्र दूध खपत



काठमाडौं । बन्दाबन्दी खुलेपनि होटल र विद्यालयहरु बन्द हुँदा दैनिक ७० प्रतिशतसम्म मात्र दूध तथा दुग्धजन्य वस्तुको खपत भएको छ । बन्दाबन्दी खुल्ला भएर विस्तार सहज भए पनि अझैँ ३० प्रतिशत खपतमा कमी आएको डेरी सञ्चालकहरु बताउँछन् ।

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण दैनिक रु दश करोडसम्म नोक्सानी भएको नेपाल डेरी एसोसिएसनले जनाएको छ । एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार बन्दाबन्दी खुलेर विस्तार बजारमा चहलपहल हुँदा खपतमा वृद्धि भएको छ ।

उनका अनुसार अझैँ दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिकहरु गाउँमा नै रहदा खपतमा कमी आएको छ । दसैं तथा तिहारको समय खपतमा कमी नै आउने समय भएको भन्दै गत वर्ष सोही अवधिमा ८० प्रतिशतसम्म खपत हुने गरेकोमा धेरै नोक्सानी भएको उनी बताउछन् ।

उनका अनुसार बन्दाबन्दीको समयमा दूधको खपत कम हुँदा स्कट रहेका सामग्रीहरु विस्तारै खपत भएको छ । रु पाँच अर्ब बढीको स्टक सामग्री हुँदा स्टोर क्षमता समेत नभएको अवस्थामा हाल रु एक अर्ब बराबरको सामग्री रहेको छ । बन्दाबन्दीपछि दैनिक संकलन हुँदै आएको दुधमा समेत कमी आएको छ । दैनिक ३० प्रतिशत दुध संकलनमा कमी आएको छ । उनका अनुसार बन्दाबन्दी अघि दैनिक ३१ हजार लिटर दुध संकलन हुँदै आएको थियो ।

यसैबीच, बन्दाबन्दीका समयमा दैनिक रु दश करोडसम्म नोक्सानी व्यहोरेका डेरी सञ्चालकले कर्जा सुविधा पाएपछि सहज भएको बताएका छन् । दुग्धको खपतमा कमी हुँदा किसकलाई भुक्तानी, कर्मचारीलाई तलब तथा घरभाडा भुक्तानीमा समस्या व्यहोरेका व्यवसायीलाई विभिन्न बैंक तथा वित्तीय संस्थाले कर्जा (ऋण) उपलब्ध गराएपछि सहज भएको बताएका छन् ।

महासचिव दाहाल नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५ प्रतिशत छुटमा रु पाँच करोडसम्म कर्जा पाउँदा धेरै राहत भएको बताउछन् । “बन्दाबन्दीले हामीहरु व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका थियौँ, अन्य क्षेत्रमा कर्जा पाउन समस्या भएतापनि डेरी उद्योगीहरुलाई बैंकले खोजी खोजी कर्जा उपलब्ध गराउँदा धेरै सहज भएको”, उनले भने ।

बैंकबाट कर्जा पाएपछि ४ देखि ५ महिनादेखि रोकिएको कृषकलाई दिनुपर्ने भुक्तानी रकम चुक्ता गरिएको डेरी सञ्चालकहरु बताउँछन् । डेरी एशोसिएशनको तथ्यांक अनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् । रासस

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : १५ बजे

सिमरा घटना जेनजीको भावना होइन, दुरुपयोग हो : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । बाराको सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई