१ चैत्र २०८२, आइतबार | March 16, 2026

२४ घण्टामा बाँकेमा ५ जना कोरोना संक्रमितको मृत्यु, २० वर्षीया युवती देखि ७६ वर्षका बृद्दसम्मको कोरोनाका कारण मृत्युु



नेपालगन्ज । बाँकेमा जिल्ल भित्रका र बाँकेमा अन्य जिल्लबाट उपचारका लागि आएका गरि एकै दिनमा ५ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो तथ्याँक अनुसार दाङको तुलसीपुर उपनगरपालिका ५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार गत कार्तिक १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनीमा कोरोनाको चिन्ह देखिएपछि पीसीआर परीक्षण गर्दा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अक्सिजन, एन्टिबायोटिक लगायत उपचारका सबै बिधि अपनाउंदा पनि आज साँझ ६ः४० मा मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । मृतकमा पहिले देखिनै मधुमेहको समस्या रहेको श्रेष्ठले बताए ।

पछिल्लो मृत्यु भएसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँके आएका संक्रमित मध्य २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दिउंसो ३ बजे दाङकी २० वर्षीया युवा महिलाको मृत्यु भएको थियो भने २ः४५मा कैलाली टिकापुरकी ५६ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरि अपरान्ह ५ः२०मा बाँके राप्ती सोनारीका ४८वर्षिय पुरुषको मृत्यु भएको थियो भने राती ८ र ९ बजे दाङ तुलसीपुर का ७५ वर्षिय पुरुष र थप १ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ०७ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन