१६ बैशाख २०८१, आइतबार | April 28, 2024

२४ घण्टामा बाँकेमा ५ जना कोरोना संक्रमितको मृत्यु, २० वर्षीया युवती देखि ७६ वर्षका बृद्दसम्मको कोरोनाका कारण मृत्युु



नेपालगन्ज । बाँकेमा जिल्ल भित्रका र बाँकेमा अन्य जिल्लबाट उपचारका लागि आएका गरि एकै दिनमा ५ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो तथ्याँक अनुसार दाङको तुलसीपुर उपनगरपालिका ५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार गत कार्तिक १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनीमा कोरोनाको चिन्ह देखिएपछि पीसीआर परीक्षण गर्दा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अक्सिजन, एन्टिबायोटिक लगायत उपचारका सबै बिधि अपनाउंदा पनि आज साँझ ६ः४० मा मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । मृतकमा पहिले देखिनै मधुमेहको समस्या रहेको श्रेष्ठले बताए ।

पछिल्लो मृत्यु भएसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँके आएका संक्रमित मध्य २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दिउंसो ३ बजे दाङकी २० वर्षीया युवा महिलाको मृत्यु भएको थियो भने २ः४५मा कैलाली टिकापुरकी ५६ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरि अपरान्ह ५ः२०मा बाँके राप्ती सोनारीका ४८वर्षिय पुरुषको मृत्यु भएको थियो भने राती ८ र ९ बजे दाङ तुलसीपुर का ७५ वर्षिय पुरुष र थप १ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ०७ बजे

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना