३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

तिहार नआउँदै चितवनमा सुक्न थाल्यो सयपत्री फूल



चितवन । गत वर्षभन्दा यो वर्ष तिहार आउन ढिला भएपछि चितवनमा रोपिएको सयपत्री फूल ओइलाउन र सुक्न थालेका छन् ।

विगतका बर्षहरुमा समयमै आफूले लगाएका फूल विक्री गरिरहेका किसान अहिले फूल सुक्न थाल्दा चिन्तित छन् । तिहार आउन अझै एक साताभन्दी बढी दिन बाँकी रहेको छ ।

केही व्यवसायिक किसानहरुले लट अनुसार सयपत्री उत्पादन गरेको भएपनि अधिकांश किसान र सर्वसाधारणले घरमा लगाएका सयपत्री फूल बोटमै सुक्न थालेका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ का किसान ईश्वर कुमार श्रेष्ठ यो वर्ष तिहार ढिला भएकाले फूल बोटमा सुक्ने, कालो हुने गरेको बताउंँछन् । ‘यो वर्ष तिहार पनि ढिला भयो, दसैंमा पनि विक्री भएन’, उनले भने, ‘मैले दुई पटकमा चार कट्ठामा लगाएको फूल जोतें ।’

उनका अनुसार पहिले लगाईएका फूल पनि कोरोनाका कारण विक्री हुन नसक्दा खेर गएको र तिहारका लागि तयारी अवस्थामा रहेको फूल पनि अर्डर पनि भएको छैन, विक्री पनि भने भएको छैन । केही व्यवसायिक किसानहरुले फूलिसकेको फूलहरुलाई टिपेर हटाउने र तिहारको लागि नयाँ फूल तयार गरेपनि अधिकांश किसानको फूल तुषारो र तयार अगावै फूलेर खेर गएको छ ।

भरतपुर महानगरपालिका–२६ का किसान दिपक पाख्रिन दुई बिघामा लगाएको फूल यो वर्ष तुषारोका कारण ओइलाएको बताउँछन् । उनले भने, ‘एकत अहिले तिहार ढिला आयो, अर्कोकुरा जाडोको समय पनि शुरु भएकोले फूलेका फूल सबै तुषारोले कालो बनाइदियो ।’

तिहारलाई लक्षित गरेर लट अनुसार फूल तयार पारेपनि तिहार अगावै सुक्दै गएको उनको भनाइ छ । सयपत्री फूललाई नत ‘सेड’ मा राखेर लगाउन सकिन्छ नत लामो समयसम्म स्टोरनै गर्न सकिन्छ । जसका कारण चितवनमा फूलको उत्पादन राम्रो भएपनि सदुपयोग नहुंँदा खेर जान थालेको छ ।

चितवनका अधिकांश घरमा भएको सयपत्री फूल ओइलाउँदै सुक्न थाले पनि व्यवसायिक किसानले लगाएको फूल भने सुक्न भने नपाएको फ्लोरिकल्चर एशोसियशन चितवनका अध्यक्ष प्रकाश पन्तले बताए । आर्थिक अभियानबाट

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ४४ बजे

उर्लाबारीमा ३७० जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

मोरङ। मोरङमा विभिन्न राजनीतिक दलहरू परित्याग गरी सन्देश घिमिरे, सुवास

भोलि लुम्बिनी प्रदेशको बजेट प्रदेशसभामा प्रस्तुत हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा

इञ्जिनियर दाङ आउन नमान्दा बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

नेपालगन्ज । बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय