१ चैत्र २०८२, आइतबार | March 16, 2026

तनहुँको मानहुँकोटमा एकैदिन १० हजार पर्यटक



दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ ।

आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सन्जाल र सञ्चारमाध्यममा मानहुँकोटको सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको तस्बिर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका ५ को मानहुँकोट डाँडा पुग्छन् ।

आन्तरिक पर्यटक सङ्ख्या दसैँयता ह्‌वात्तै बढेको छ । दसैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।

यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । “गत वर्ष पर्यटकीय याममा दैनिक दुई/तीन सयको हाराहारीमा पर्यटक आउँथे । यो वर्ष दसैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ,” उनले भने । मानहुँकोट पुग्‍ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँ जाम लागेको थियो ।

चापाघाटबाट ६ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सन्जालमा मानहुँकोट ‘कोरोना फ्री जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ ।

 

घुम्‍न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्‍न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । “कोरोनाका कारण घरबाट निस्किएर घुम्‍ने अवस्था छैन । सकभर कमै हिँड्नुस्,” उनले भने । तनहुँका विभिन्‍न स्थानसँगै कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवनलगायत जिल्लाबाट पर्यटक आएका हुन् ।

केही शुक्रबारै मानहुँकोट पुगेका थिए । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : १३ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन