५ श्रावण २०८३, मंगलबार | July 21, 2026

काठमाडौका सडकमा डमी ट्राफिकले गित गाउदै ट्राफिक ब्यवस्थापन गर्ने



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान सुरु गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले एक कार्यक्रमका वीच उक्त अभियानको शुभारम्भ गरेका छन् ।

सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिबृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि गत भाद्र १६ गतेदेखि ट्राफिक महाशाखाले काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ । सोही अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सांगीतिक डमी अभियान सञ्चालनमा ल्याएको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत सङ्गीत भनेको हर जनको प्रीय साथी भएको भन्दै गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान शुरू गरिएको बताए ।

उक्त कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापा, कामनपाका सहरी सुशासन विभाग प्रमुख हरि कुँवर, सामाजिक अभियान्ता योङजोम शेर्पा, राधा पोख्रेल तथा महाशाखाका प्रहरी अधिकृत, जवानहरूको उपस्थिति रहेको थियो ।

महाशाखालेगीत संगितको माध्यमबाट आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाउनका लागि ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवम ट्राफिक गीतहरु समावेश गरी अडियो क्लिप तयार गरिएको छ । ट्राफिक प्रहरीका अनुसार ट्राफिक सन्देश र गित भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य ५ वटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोगवु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिईनेछ । दैनिक विहान ३ घण्टा र वेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

जनचेतनाबाट लाभान्वित हुने आम सडक प्रयोगकर्ताहरुले आ(आफ्नो घर परिवार, साथीसंगी साथै समुदायमा उक्त ट्राफिक नियमको सन्देश प्रबाह गर्न महाशाखाले विशेष अनुरोध गरेको छ । यस अभियानलाई अझ प्रभावकारी बनाउदै भिडभाड हुने अन्य स्थानहरुमा समेत सांगितिक डमि राख्दै लैजाने योजना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : २७ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले