१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

दुर्घटना न्यूनीकरण गर्न  ट्राफिक प्रहरीकाे चालकसँग एक मिनेट



कावासाेती । दुर्घटना न्यूनीकरणका लागि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु  गरिएको छ ।

नवलपरासी पूर्वमा पर्ने पूर्व-पश्चिम राजमार्गको नारायणघाट – दाउन्ने खण्ड तथा शहरी क्षेत्र केन्द्रित गरी यो कार्यक्रम सुरु गरिएको हो ।

राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व प्रमुख मुनेन्द्र थापाले बताए ।

गण्डकी प्रदेशभरी नै यो कार्यक्रम आइतबारबाट एकैसाथ सुरु गरिएको प्रमुख थापाले जनाए ।

थापाका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम सुरु गरिएको र पहिलो चरणमा एक महिनासम्म कार्यक्रम सञ्चालन गरिनेछ ।

‘चालकसँग एक मिनेट ’कार्यक्रम अन्तर्गत सवारी साधनलाई रोकेर सम्मानपूर्वक नमस्कार गरी सवारी नियमको पालनाको बारेमा जानकारी गराइने उनले जनाए ।

‘पहिला प्रहरी र चालकबीचको सम्बन्ध सुधार गर्ने, त्यसका लागि सम्मानपूर्वक नमस्कारबाट सुरु गरी नियमहरुको बारेमा जानकारी प्रदान गरिनेछ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भने, ‘अन्त्यमा पनि नमस्कार गरी बिदा गरिनेछ ।’

एक मिनेटमा सवारी साधन चलाउदा अनिवार्य रुपमा सिटबेल्ट लगाउन, मोटरसाइक, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग गर्न, हेल्मेटको फित्ता  लगाउन आग्रह गरिएकाे छ उनले भने ।

जाँडरक्सी सेवन गरेर साधन नचलाउन र तीब्र गतिमा सवारी साधन नचलाउन आग्रह गरिने उनले बताए ।

अहिले कोभिडको महामारीका कारण कम चलेका सवारी साधान क्रमश: धेरै चल्न थालेकाले यस समयमा सवारी दुर्घटनाको जोखिम समेत धेरै हुन सक्ने भएकाले अभियानको थालनी गरिएको र

चालकसँग एक मिनेट कार्यक्रमको क्रममा कोभिड १९ बाट बच्नको लागि अनिवार्य मास्क लगाउन , भौतिक दूरी कायम गर्न समेत आग्रह गरिएकाे उनले बताए ।

‘अहिले कोभिडको जोखिम छ, हामीले बसका चालकसहित यात्रुलाई समेत अनिवार्य मास्क लगाउन समेत अनुरोध गर्ने गरेका छौँ’ प्रमुख थापाले भने।

नवलपुरमा ट्राफिक प्रहरी कार्यालय नवलपुर मार्फत जिल्लाका चार ठाउँमा यो कार्यक्रम सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : ०१ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको