२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार तथा सम्पादक किशोर श्रेष्ठको पक्राउप्रति कडा आपत्ति जनाएका छन् । समाचार लेखेकै आधारमा राज्य संयन्त्रमार्फत पत्रकारलाई नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्थापित सञ्चारमाध्यम र पत्रकारमाथि निश्चित विधि तथा कानुनी प्रक्रिया नअपनाई धरपकड गरिएको आरोप लगाएका छन् । प्रेस स्वतन्त्रतामाथि राज्यले अङ्कुश लगाउन खोजेको उल्लेख गर्दै उनले पक्राउ परेका पत्रकार श्रेष्ठलाई तत्काल र बिनासर्त रिहा गर्न माग गरेका छन् ।

पत्रकार श्रेष्ठ बुधबार ललितपुरबाट पक्राउ परेका हुन् । उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुर लगाइएको छ ।

काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनी प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ७ : ०८ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार