४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईपीएल २०२० : हैदराबादलाई हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा



काठमाडाैं । युएइमा जारी १३औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल २०२०)  मा दिल्ली क्यापिटल्स फाइनलमा प्रवेश गरेकाे छ ।

पहिलाे पटक आइपिएलकाे फाइनलमा पुग्ने क्रममा दिल्लीले आइतबार दाेस्राे क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गरेकाे हाे ।

१ सय ९० रनकाे चुनाैती पछ्याउने क्रममा हैदराबादले १ सय ७२ रन मात्र बनाउन सक्याे । हैदराबादका केन विलियम्सनले ६७, अब्दुल सामदले ३३, मनिष पाण्डेले २१, प्रियम गार्गले १६ तथा ज्यासन हाेल्डर र राशिद खानले समान ११-११ रन जाेडे पनि टाेलीलाई जित दिलाउन भने सकेन ।

दिल्लीका कगिसाे रबडाले ४, मर्कूस स्टाेइनिसले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे । यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटकाे क्षतिमा १ सय ८९ रन बनाएको थियो ।

आजको खेलमा दिल्लीलाई ओपनर शिखर धवन र मर्कूस स्टोइनिसले राम्रो सुरुवात दिलाएका थिए । उनीहरुले पावरप्लेमा मात्र ६५ रन जोडेका थिए । साथै, उनीहरुले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । स्टोइनिसले आउट हुन अघि स्टोइनिसले ३८ तथा धवनले ७८ रन बनाएका थिए ।

यस्तै, श्रेयास आयरले २१ तथा शिम्राेन हिटमेयरले अविजित ४२ रनकाे पारी खेले । पहिलाे क्वालिफायरमा दिल्ली मुम्बइ इन्डियन्ससँग ५७ रनले पराजित भएकाे थियाे भने हैदराबादले राेयल च्यालेञ्जर्स बेङ्गलाेरमाथि एलिमिनेटरमा ६ विकेटले विजयी हुँदै क्वालिफायरमा छनाेट भएकाे थियाे ।

दिल्लीले डिफेन्डिङ च्याम्पियन मुम्बइसँग उपाधिका लागि मंगलबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा भिड्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : २७ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा