४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना बिशेष अस्पतालमा बेड नपाउँदा कपिलवस्तुका ७९ वर्षीय पुरुषको फिभर क्लिनीकमै मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनीकमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कपिलवस्तु नगरपालिका ६ बाट सोमबार बिहान १० बजे अस्पतालको फिभर क्लिनीकमा ल्याईएका ७९ वर्षीय पुरुषको राती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार अस्पताल भर्ना भएलगत्तै कोरोना संक्रमणको लक्षणका आधारमा पीसीआर परीक्षण गरिएकोमा सोमबार नै उनीमा संक्रमण पुष्टि भएको थियो । मध्यान्ह १ बजे संक्रमण पुष्टि भएपनि कोरोना बिशेष अस्पतालमा बेड खालि नभएका कारण उनलाई फिभर क्लिीनकमा राखेर उपचार गरिएको थियो ।

यस अघि पनि कोरोना बिशेष अस्पतालमा बेड नपाएकै कारण कम्तीमा ४ जना संक्रमितको ज्यान गईसकेको छ । कोरोना बिशेष अस्पतालमा बेड नपाएर धमाधम नागरिकको मृत्यु हुंदा पनि बेड थप गर्ने बिषयमा सम्बन्धित निकायले चासो नदिँदा कोरोना महामारी नाकगरिकका लागि जटिल बन्दै गएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको