१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कोरोना बिशेष अस्पतालमा बेड नपाउँदा कपिलवस्तुका ७९ वर्षीय पुरुषको फिभर क्लिनीकमै मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनीकमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कपिलवस्तु नगरपालिका ६ बाट सोमबार बिहान १० बजे अस्पतालको फिभर क्लिनीकमा ल्याईएका ७९ वर्षीय पुरुषको राती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार अस्पताल भर्ना भएलगत्तै कोरोना संक्रमणको लक्षणका आधारमा पीसीआर परीक्षण गरिएकोमा सोमबार नै उनीमा संक्रमण पुष्टि भएको थियो । मध्यान्ह १ बजे संक्रमण पुष्टि भएपनि कोरोना बिशेष अस्पतालमा बेड खालि नभएका कारण उनलाई फिभर क्लिीनकमा राखेर उपचार गरिएको थियो ।

यस अघि पनि कोरोना बिशेष अस्पतालमा बेड नपाएकै कारण कम्तीमा ४ जना संक्रमितको ज्यान गईसकेको छ । कोरोना बिशेष अस्पतालमा बेड नपाएर धमाधम नागरिकको मृत्यु हुंदा पनि बेड थप गर्ने बिषयमा सम्बन्धित निकायले चासो नदिँदा कोरोना महामारी नाकगरिकका लागि जटिल बन्दै गएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ४५ बजे

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका