३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

नागढुङ्गा-सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम



काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो ।

निर्माण आयोजनाले सुरुङ खन्न आवश्यक पूर्वतयारीको काम तिहारअघि सकेर तिहारलगत्तै सुरुङ खन्ने काम अघि बढाउने तयारी भइरहेको जनाएको छ ।

आयोजना निर्माणका लागि वर्ष दिनअघि नै शिलान्यास गरिएको थियो । मुआब्जा लगायतका विवादसँगै कोरोना भाइरस, लकडाउन, निषेधाज्ञा लगायतका कारण निर्माण कार्य ढिलाइ हुन गएको हो ।

काठमाडौं उपत्यका भित्रने र बाहिरिने मुख्य नाकामा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी निर्माण संस्था हाज्मा/एन्डो जेभीले पाएको छ ।

सुरुङमार्ग निर्माणका लागि सडक विभागले समन्वय गर्दै आएको छ । सुरुङमार्गको काम थाल्न निर्माण स्थलनजिकै कार्यालय स्थापना गर्ने, जनशक्ति व्यवस्थापनलगायतका काम यसअघि नै गरिएको थियो ।

उक्त ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । सुरुङमार्ग निर्माणको ठेक्का साढे २२ अर्ब रुपैयाँमा लगाइएको छ ।

सुरुङमार्ग निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ कात्तिक २०७६ मा शिलान्यास गरेका थिए । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण र नेपाल सरकारको लगानीमा सुरुङमार्गको निर्माण कार्य अघि बढेको हो । सुरुङमार्ग निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग रहनेछ  ।

उक्त ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । सुरुङमार्ग निर्माणको ठेक्का साढे २२ अर्ब रुपैयाँमा लगाइएको छ । जसमा ६ अर्ब नेपाल सरकारको लगानी रहनेछ ।

सडक विभागको वैदेशिक समन्वय महाशाखा र जापानी कम्पनी हाज्मा/एन्डो जेभीबीच गत असोजमा सम्झौता सम्पन्न भएको थियो । निर्माण कम्पनीले ४२ महिनामा सुरुङमार्ग निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मेवारी पाएको हो ।

सुरुङमार्ग निर्माणका लागि ६ वटा कम्पनीले टेन्डरमा सहभागिता जनाएका थिए । जसमा ५ वटा चिनियाँ कम्पनी थिए भने एउटा जापानी कम्पनी रहेको थियो ।

सुरुङमार्ग २.६ किमी लामो बन्नेछ । सुरुङमार्ग निर्माणपछि भने नागढुंगा-सिस्नेखोलाको दूरी सवा ३ किमिमा झर्नेछ । अहिले यो दूरी साढे ८ किमि रहेको छ । आयोजनाअन्तर्गत सुरुङमार्गसँगै गुर्जुधाराबाट पश्चिमतर्फ ६ सय मिटरको फ्लाइओभर पनि बनाउने योजना छ । उक्त फ्लाइओभर नेपालकै पहिलो हुने जनाइएको छ ।  उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : ११ बजे

उर्लाबारीमा ३७० जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

मोरङ। मोरङमा विभिन्न राजनीतिक दलहरू परित्याग गरी सन्देश घिमिरे, सुवास

भोलि लुम्बिनी प्रदेशको बजेट प्रदेशसभामा प्रस्तुत हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा

इञ्जिनियर दाङ आउन नमान्दा बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

नेपालगन्ज । बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय