१६ बैशाख २०८१, आइतबार | April 28, 2024

आज नागढुंगा सुरुङको ‘ब्रेक थ्रू’ हुदैँ



काठमाडौं । बहु प्रतिक्षित नागढुंगा-नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ । निमार्ण सुरु भएको झन्डै चार बर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।

अब ‘ब्रेक थ्रू’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकि रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रू’ गरिने छ ।

सो ‘ब्रेक थ्रू’ हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन । उनको उपस्थितिमा सो ‘ब्रेक थ्रू’  गरिने छ ।

यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज ‘ब्रेक थ्रू’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ११ बजे

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ