६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेकपाभित्रको विभाजन रोक्न तनहुँमा खबरदारी



तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहको विवादले समाजवादोन्मुख मुलुक निर्माण हुने सुनौलो सपनामा सङ्कट उत्पन्न हुने जनाउँदै नेकपा शुक्लागण्डकी नगर कमिटी, तनहुँले विभाजन ल्याउने कार्य नगर्न खबरदारी गरेको छ ।

सो कमिटीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र पठाउँदै पार्टीको विवाद तत्काल समाधान गर्न माग गरेको हो ।

कमिटीले पार्टीका केन्द्रीय सदस्य आशा कोइरालामाफत् ओली र गण्डकी प्रदेश कमिटी सदस्य दुर्गा पराजुली मार्फत् प्रचण्डलाई ज्ञापनपत्र पठाएको छ । ऐतिहासिक सङ्घर्षको उपलब्धिद्वारा पार्टीका आम कार्यकर्ता, समर्थक र जनतामा आएको उत्साहलाई अहिले देखा परेको विवादले गहिरो चोट पुर्‍याएको ज्ञापनपत्रमा उल्लेख छ ।

कमिटीले सो पत्र पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे र तनहुँ जिल्ला कमिटी अध्यक्ष केदार सिग्देललाई पनि ज्ञापनपत्र पठाएको छ । कमिटी अध्यक्ष मुक्ति तिमिल्सिनाले एकापसमा आरोपप्रत्यारोप त्यागेर वैचारिक हिसाबले अगाडि बढ्न नेतृत्व पङ्क्तिलाई आग्रह गर्दै आफूहरु विभाजनमा नलाग्ने स्पष्ट पारे ।

कमिटी सचिव परशुराम भण्डारीले अध्यक्षद्वयबीचको अन्तरविरोध नकरात्मक ढङ्गबाट अगाडि बढेकाले अन्तरविरोध त्याग्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए । केन्द्रीय कमिटी सदस्य कोइरालाले एकताको प्रक्रिया तलसम्म टुङ्गिन नपाउँदै पार्टी फेरि विभाजन हुने त होइन भन्ने आशङ्का बढेको अवस्थामा नगर कमिटीले पार्टीलाई ध्यानाकर्षण गराउनु सकारात्मक रहेको बताए । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : १४ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय