१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नेकपाभित्रको विभाजन रोक्न तनहुँमा खबरदारी



तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहको विवादले समाजवादोन्मुख मुलुक निर्माण हुने सुनौलो सपनामा सङ्कट उत्पन्न हुने जनाउँदै नेकपा शुक्लागण्डकी नगर कमिटी, तनहुँले विभाजन ल्याउने कार्य नगर्न खबरदारी गरेको छ ।

सो कमिटीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र पठाउँदै पार्टीको विवाद तत्काल समाधान गर्न माग गरेको हो ।

कमिटीले पार्टीका केन्द्रीय सदस्य आशा कोइरालामाफत् ओली र गण्डकी प्रदेश कमिटी सदस्य दुर्गा पराजुली मार्फत् प्रचण्डलाई ज्ञापनपत्र पठाएको छ । ऐतिहासिक सङ्घर्षको उपलब्धिद्वारा पार्टीका आम कार्यकर्ता, समर्थक र जनतामा आएको उत्साहलाई अहिले देखा परेको विवादले गहिरो चोट पुर्‍याएको ज्ञापनपत्रमा उल्लेख छ ।

कमिटीले सो पत्र पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे र तनहुँ जिल्ला कमिटी अध्यक्ष केदार सिग्देललाई पनि ज्ञापनपत्र पठाएको छ । कमिटी अध्यक्ष मुक्ति तिमिल्सिनाले एकापसमा आरोपप्रत्यारोप त्यागेर वैचारिक हिसाबले अगाडि बढ्न नेतृत्व पङ्क्तिलाई आग्रह गर्दै आफूहरु विभाजनमा नलाग्ने स्पष्ट पारे ।

कमिटी सचिव परशुराम भण्डारीले अध्यक्षद्वयबीचको अन्तरविरोध नकरात्मक ढङ्गबाट अगाडि बढेकाले अन्तरविरोध त्याग्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए । केन्द्रीय कमिटी सदस्य कोइरालाले एकताको प्रक्रिया तलसम्म टुङ्गिन नपाउँदै पार्टी फेरि विभाजन हुने त होइन भन्ने आशङ्का बढेको अवस्थामा नगर कमिटीले पार्टीलाई ध्यानाकर्षण गराउनु सकारात्मक रहेको बताए । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : १४ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै