१८ माघ २०८२, आइतबार | February 1, 2026

पत्रकार महासंघ युरोप शाखाको अध्यक्ष राईमाथिको आरोप खारेज, कार्यवाहक महासचिवमा रिजाल चुनिए



पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको विशेष बैठकले सचिव दोर्ण रिजाललाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको छ । सस्थाका अध्यक्ष केजीन राईको अध्यक्षतामा नोभेम्बर ८ मा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले युरोप शाखाबाट पोर्चुगल तदर्थ शाखामा स्थानन्तरण भैसकेका तत्कालिन महासचिव छन्त्याल र सचिव पेम्बागेलु शेर्पा र बेल्जियम तदर्थ शाखामा स्थानन्तरण भएका वरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माइ, सल्लाहकार ओम शर्मा र सदस्य शेरवहादुर छन्त्याललाई युरोप शाखामा पुर्याएको योगदानको धन्यवाद दिदै विदाई गरेको छ ।

उक्त बैठकले युरोप शाखाबाट स्थानन्तरण भैसकेका पत्रकार द्वोय डिल्लीराम अम्माइ र योगेन्द्र मिलन छन्त्यालले सस्थाको लेटरप्याड दुरुपयोग गरि जारी गरेको विज्ञप्ति अवैधानिक र भ्रामक रहेको ठहर गर्दै खारेज गरेको छ ।

त्यस्तै, युरोप शाखाको सचिव पदबाट वसन्त रानाभाट र सदस्य पदबाट भोला लामिछाने दिएको राजीनालाई स्वीकृत गरेको छ । दुवैले १५ अप्रिल २०२० मा स्वेच्छाले राजीनामा दिएका थिए ।

बैठकले शाखाद्वारा अहिलेसम्म गर्दै आइरहेको विविध कार्यक्रम निकै प्रभावकारी र जनमुखी रहेको ठहर समेत गरेको छ । बैठकद्वारा हाल जारी संवाद तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ४९ बजे

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु