१८ माघ २०८२, आइतबार | February 1, 2026

पत्रकार महासंघ युरोप शाखाको अध्यक्ष राईमाथिको आरोप खारेज, कार्यवाहक महासचिवमा रिजाल चुनिए



पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको विशेष बैठकले सचिव दोर्ण रिजाललाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको छ । सस्थाका अध्यक्ष केजीन राईको अध्यक्षतामा नोभेम्बर ८ मा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले युरोप शाखाबाट पोर्चुगल तदर्थ शाखामा स्थानन्तरण भैसकेका तत्कालिन महासचिव छन्त्याल र सचिव पेम्बागेलु शेर्पा र बेल्जियम तदर्थ शाखामा स्थानन्तरण भएका वरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माइ, सल्लाहकार ओम शर्मा र सदस्य शेरवहादुर छन्त्याललाई युरोप शाखामा पुर्याएको योगदानको धन्यवाद दिदै विदाई गरेको छ ।

उक्त बैठकले युरोप शाखाबाट स्थानन्तरण भैसकेका पत्रकार द्वोय डिल्लीराम अम्माइ र योगेन्द्र मिलन छन्त्यालले सस्थाको लेटरप्याड दुरुपयोग गरि जारी गरेको विज्ञप्ति अवैधानिक र भ्रामक रहेको ठहर गर्दै खारेज गरेको छ ।

त्यस्तै, युरोप शाखाको सचिव पदबाट वसन्त रानाभाट र सदस्य पदबाट भोला लामिछाने दिएको राजीनालाई स्वीकृत गरेको छ । दुवैले १५ अप्रिल २०२० मा स्वेच्छाले राजीनामा दिएका थिए ।

बैठकले शाखाद्वारा अहिलेसम्म गर्दै आइरहेको विविध कार्यक्रम निकै प्रभावकारी र जनमुखी रहेको ठहर समेत गरेको छ । बैठकद्वारा हाल जारी संवाद तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ४९ बजे

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न