२ मंसिर २०८२, मंगलबार | November 18, 2025

बैतडीमा बस दुर्घटना नौ जनाको मृत्यु, ३४ घाइते



बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएकाे बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए ।

मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिए । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

बस बैतडीको दोगडाकेदार-७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहु आफैँ चालक रहेका र उनी समेत घाइते भएका छन । रासस

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : २८ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो