१५ बैशाख २०८१, शनिबार | April 27, 2024

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार



काठमाडौं । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।

पहिलोपटक १९ वर्षपछि निगमले आफ्नै लगानीमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु गरेको हो । पोखरास्थित निगमको प्रदेश कार्यालयको परिसरमा रहेको ७७ रोपनी जग्गामा निर्माण कार्य सुरु गरिएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम भण्डारण क्षमता विस्तार कार्यको औपचारिक रूपमा शिलान्यास गरेका छन् ।

पेट्रोलियम पदार्थको वार्षिक माग १५ प्रतिशतले वृद्धि भए पनि निगमले १९ वर्षअघिकै भण्डारण क्षमताबाट आपूर्ति गर्नुपर्ने बाध्यता थियो । अहिले निगमले ७७ करोड लगानीमा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सुरु गरेको हो । भण्डारण क्षमता बढ्दा निगमलाई पेट्रोलियम पदाथ आपूर्तिमा सहज हुने भएको छ ।

निगमका अनुसार २०५८ मा एसियाली विकास बैंक (एडीपी) को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाएको थियो । त्यो समययता पेट्रोलिय भण्डारण क्षमता बढाउन सकेको थिएन । दिनकै माग बढे पनि निगमले १९ वर्षपछि भण्डारण क्षमता बढाउन सुरु गरेको हो । सो भण्डारण कार्य एक वर्षभित्रमै सक्ने लक्ष्य रहेको निगमले जनाएको छ । हाल निगमसँग देशभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता करिब एक सातालाई मात्र पुग्ने रहेको छ ।

निगमको तथ्यांकअनुसार पेट्रोल करिब ६ दिनलाई डिजेललाई ११ दिन र हवाई इन्धन करिब १२ दिनका लागि मात्र धान्न सक्ने क्षमता छ । २०७२ सालमा भारत सरकारले नेपालमा नाकाबन्दी गरेपछि सरकारले ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने नीति ल्याएको थियो । सो नीतिअनुसार नै निगमले भण्डारण क्षमता बढाउने कामको सुरुवात गरेको हो । सरकारको नीतिअनुसार निगमले दिन प्रतिदिनको बढ्दो पेट्रोलियम मागलाई आवश्यकताअनुसार पूर्ति गर्न ९० दिनका लागि झापा, सिराहा, चितवन र भैरहवामा गरी चार स्थानमा जग्गासमेत खरिद गरेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धनको आपूर्ति व्यवस्थालाई सहज बनाउन पोखरामा १० हजार किलोलिटर डिजेलको भण्डारण गृह निर्माणको काम सुरु गरिएको जानकारी दिए । पोखराबाट सुरु गरिएको भण्डारण गृह निर्माण कार्य अन्य प्रदेशमा पनि क्रमिक रूपमा गरिनेछ ।

निगमका अनुसार हाल पोखरामा तीन दिन पेट्रोल र ११ दिन डिजेलको माग धान्ने क्षमता रहेको छ । निमगले थप नयाँ १० हजार किलोलिटरको क्षमताको भण्डारण गृह बनाउँदा यसले ४० देखि ४५ दिनको माग धान्नेछ । यसले गण्डकी प्रदेशको इन्धन आपूर्तिमा सहज हुने निमगले जानकारी दिएको छ । पछिल्लो समय गण्डकी प्रदेशमा इन्धनका माग बढ्दै गए पनि भण्डारण क्षमता न्यून हुँदा आपूर्तिमा असहज भएको गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ ।

थप १० हजार किलोलिटर क्षमताको भण्डारण बढाएपछि यस क्षेत्रमा आपूर्ति व्यावस्थामा सहज हुने अपेक्षा गरिएको छ । हाल यस कार्यालयबाट कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्यादी र बाग्लुङमा इन्धन आपूर्ति गर्दै आएको छ । गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो क्रममा छ । प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ ।

एक दिनमा यस प्रदेशमा ३ लाख २५ हजार लिटर डिजेल र १ लाख ४२ हजार लिटर पेट्रोल बिक्री भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । प्रदेशको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कुनै कारणले अवरोध भए प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्छ । थप १० हजार किलोलिटर डिजेलको भण्डारण बढाएपछि ३० दिनलाई पुग्ने कार्यलयले जानकारी दिएको छ ।

अहिलेको डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । यो भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुनेछ । दुई वर्षभित्र निर्माणको काम सकिने समय अवधि निर्धारण गरिए पनि निर्माणको ठेक्का पाएका समानान्तर-रेलिगेयर-भारत ट्यांकस जेभी कम्पनीले र पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान परियोजनाले एक वर्षभित्र सक्ने जानकारी दिएका छन् ।  उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : २६ बजे

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र