३ पुस २०८२, बिहिबार | December 19, 2025

माछापुच्छ्रे बैंकले आयोजना गर्यो डिजिटल देउसी भैलो, सर्वोत्कृष्ट प्रस्तुतीले ५० हजार प्राप्त गर्ने



काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ ।

देउसी भैलोमा सहभागिहुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामाआधारित सन्देश मुलक देउसी भैलो गित भिडियो सहितबनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ । कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमा गएर देउसी भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको हो ।

बैंकले बिशुद्ध बैंकिङ सेवाको साथ बिभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्देै आएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ०४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको