१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

निष्पक्ष निर्वाचन र दुई चरणमा चुनावबारे ओलीको चासो



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बिहान भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बिहान करिब ९ः१५ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटका क्रममा आउँदो निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ।

ओलीले निर्वाचन एकै चरणमा गर्नुपर्ने सुझाव सरकारसमक्ष राखेका थिए। पछिल्लो समय एमालेले निर्वाचन दुई चरणमा गर्न नहुने अडान लिँदै आएको छ।

प्रधानमन्त्री कार्कीले हालैमात्र मौसमका कारण हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गराउन सकिने अभिव्यक्ति दिएकी थिइन्। सोही अभिव्यक्तिलाई आधार बनाउँदै एमालेले सरकारले निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएको छ ।

बुधबार पार्टी कार्यालय च्यासलमा सम्पन्न निर्वाचन परिचालन कमिटीको बैठकपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एकै चरणमा निर्वाचन गरिनुपर्ने एमालेको स्पष्ट माग रहेको उल्लेख गर्दै सरकार विभिन्न बहानामा चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाए।

सरकार र एमालेबीच दूरी बढ्दै गएको भनाइका बीच प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच करिब दुई घण्टा लामो भेटवार्ता भएको हो। यस भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ३ : ०४ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई