२० भदौ २०८३, शनिबार | September 5, 2026

अफसरको ‘तिमी र म’ मा जोसन र सोनुको फिचरिंग, संचारकर्मी सुमनको निर्देशन (भिडियाे )



बुटवल । नेपाल आइडलमा रुपन्देहीको नाम चम्काइसकेका अफसर अलिको सुमधुर शब्द संगीत र स्वरमा सजिएको गीत ‘तिमी र म’ सार्बजनिक भएको छ। युट्युब मार्फत आफ्ना प्रिय दर्शक श्रोता माझ गीत पस्केका अफसर अलि यो गीत ले दर्शकको माया पाउनेमा ढुक्क छन्।

सुरज पाण्डेयको छायांकन कलर इडिट रहेक सो भिडियोलाइ संचारकर्मी सुमन श्रेष्ठले निर्देशन गरेका छन्। बिगत १७ बर्ष देखि पत्रकारिता क्षेत्रमा जमेका संचारकर्मी श्रेष्ठले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो। तर यस अघि उनले धेरै शर्टमुभी वृत्तचित्र र फिचरहरु गराइसकेका छन्। आफ्नो यो निर्देशन म्युजिक भिडियोमा पहिलो भएकोले पनि उनि अझै एक्साईटेड छन्।

त्यसो त एकैछिन संगीतलाई निखार्न लागिपरेका अफसर अलिले यो गीतले दर्शकको माया बटुल्नेमा ढुक्क छन्। गीतमा सागर क्षेत्रिले सहायक क्यामेरामा सघाएका छन् भने गोकुल घिमिरेले मास्टर रेकर्डिङ्ग गरेका हुन्। जी बिट्सको प्रोडक्सन रहेको म्युजिक भिडियो ‘तिमी र म’मा चकलेटी मोडल जोसनमान गौचन , सोनु रामजाली, कृष्ण भुषाल र बिनु रामजालीको मुख्य भूमिका रहेको छ। मोडेल जोसन मान को यो दोश्रो म्युजिक भिडियो हो।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ५७ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका