२७ श्रावण २०८३, बुधबार | August 13, 2026

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै, आजै कुकुर तिहार पनि



काठमाडौं । हिन्दु नेपालीहरुको दशैंपछिको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ ।

कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेकाले दीपावली गरी लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

आज विहानको समयमा कृष्ण चतुर्दशीको तिथि भएपनि दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । तसर्थ आज साँझ लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पंचांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताए ।

समितिका अनुसार आइतबार बिहानसम्म औंसी तिथि रहने भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले निर्णय गरेको हो ।

कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्तै अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारपूर्ण रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य स्वरूप घर घरमा बत्ती बाली लक्ष्मीलाई स्वागत गरिन्छ ।

आज साँझ घरको सरसफाइ गरी मूल ढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्ने प्रचलन छ ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ छ । सबैतिर सफा राखी आँगन, दैलो, झ्यालढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्याङ आदि ठाउँमा बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ ।

झिलिमिली पार्न विद्युतीय बत्ती, मैन बत्ती, दियोमा बत्ती तथा पाला र केराका सुत्लामा तेलमा भिजाइएको कपास प्रयोग गरिन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर आजैका दिन लक्ष्मीपूजा गर्ने चलन पनि छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ ।

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणलगायतका विभिन्न असुरहरूको बध गरी कात्तिक कृष्ण औंसीको दिन अयोध्याका राजाका रूपमा राज्यारोहण गरेको खुसियालीमा अयोध्यावासीले दीपावली गरेको प्रसंग पनि आजको दिनसंग जोडिएको छ ।

आजै साँझ भैलो पनि खेल्ने परम्परा छ । तर यसपटक कोरोना संक्रमण महामारीका कारण देउसी भैलो खेल्ने कार्यक्रम प्रभावित हुने भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ५६ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको