२९ माघ २०८१, मंगलबार | February 12, 2025

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै, आजै कुकुर तिहार पनि



काठमाडौं । हिन्दु नेपालीहरुको दशैंपछिको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ ।

कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेकाले दीपावली गरी लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

आज विहानको समयमा कृष्ण चतुर्दशीको तिथि भएपनि दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । तसर्थ आज साँझ लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पंचांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताए ।

समितिका अनुसार आइतबार बिहानसम्म औंसी तिथि रहने भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले निर्णय गरेको हो ।

कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्तै अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारपूर्ण रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य स्वरूप घर घरमा बत्ती बाली लक्ष्मीलाई स्वागत गरिन्छ ।

आज साँझ घरको सरसफाइ गरी मूल ढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्ने प्रचलन छ ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ छ । सबैतिर सफा राखी आँगन, दैलो, झ्यालढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्याङ आदि ठाउँमा बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ ।

झिलिमिली पार्न विद्युतीय बत्ती, मैन बत्ती, दियोमा बत्ती तथा पाला र केराका सुत्लामा तेलमा भिजाइएको कपास प्रयोग गरिन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर आजैका दिन लक्ष्मीपूजा गर्ने चलन पनि छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ ।

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणलगायतका विभिन्न असुरहरूको बध गरी कात्तिक कृष्ण औंसीको दिन अयोध्याका राजाका रूपमा राज्यारोहण गरेको खुसियालीमा अयोध्यावासीले दीपावली गरेको प्रसंग पनि आजको दिनसंग जोडिएको छ ।

आजै साँझ भैलो पनि खेल्ने परम्परा छ । तर यसपटक कोरोना संक्रमण महामारीका कारण देउसी भैलो खेल्ने कार्यक्रम प्रभावित हुने भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ५६ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर