२७ श्रावण २०८३, बुधबार | August 13, 2026

अध्यक्ष प्रचण्डको प्रस्तावप्रति स्थायी समिति सदस्य शंकर पोखरेलको आपत्ती



बुटवल । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव प्रति आपत्ती जनाएका छन् ।

पोखरेलले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव स्थायी समितिको बैठकको भावना विपरित रहेको बताएका छन् ।

प्रचण्डको प्रस्तावका बिषयमा नेता पोखरेलले लेखेका छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीका पक्षमा उभिएका पोखरेलले ओलीलाई प्रथम अध्यक्षका रुपमा सम्बोधन गर्दै एकल प्रस्ताव पेश गर्ने अधिकार दोस्रो अध्यक्षलाई नभएको तर्फ संकेत गरेका छन् ।

पोखरेलले पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गर्न प्रचण्डलाई आग्रह समेत गरेका छन् । पार्टीमा एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन पनि उनले अध्यक्ष प्रचण्डलाई अनुरोध गरेका छन् ।

लामो प्रयासबाट बैठकमा बस्न प्रधानमन्त्री ओली तयार भएपछि शुक्रबार बसेको सचिवालय बैठकमा १९ बुंदे राजनीतिक प्रस्ताव पेश गर्दै पार्टीभित्रको विवाद वैधानिक तरिकाले हल गर्नुभन्दा ओलीले मदन भण्डारी फाउण्डेसनको नाममा राज्यशक्तिको दुरुपयोग गर्दै देशव्यापी गुट सञ्चालन गरेको आरोप लगाएका थिए ।

प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेपछि सचिवालय बैठक लगत्तै बालुवाटारमै ओली पक्षको बैठक बसेर प्रचण्डको प्रस्ताव प्रति आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : १६ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको