२९ मंसिर २०८२, सोमबार | December 16, 2025

प्रधानमन्त्री ओलीबाट प्रचण्डलाई एक्ल्याउने अभियान तिब्र, एकैदिन वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमसँग भेट, सहयोगको आग्रह



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेसँगै प्रधानमन्त्री ओलीले पूर्व एमाले नेताहरु फकाएर प्रचण्डलाई एक्ल्याउने प्रयासलाई तिब्र बनाएका छन् ।

तिहारको साँस्कृतिक पर्वमा ब्यस्त रहनेपर्ने बेलामा पनि प्रधानमन्त्री ओलीले आईतबार एकै दिन वरिष्ठ नेताह माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका छन् । ओलीले दुबै नेतासँग प्रचण्डको प्रस्ताव फिर्ता गराउन र आफुलाई साथदिन आग्रह गरेका हुन् । ओलीले सो प्रस्तावलाई छलफलमा लैजान नसकिने जिकिर समेत गरेका छन् ।

आइतबार बिहान उपाध्यक्ष गौतमसँग प्रचण्डलाई साथ नदिन आग्रह गरेका ओलीले दिउँसो नेपालसँग छलफल गरेका हुन् ।

ओलीले गौतमलाई पार्टी अध्यक्षदेखि आगामी प्रधानमन्त्रीसम्मको आश्वासन दिएको गौतम निकट स्रोतले उल्लेख गरेको छ । यद्यपी गौतमले भने प्रचण्डको प्रस्तावमा आफ्नो पनि समर्थन रहेको बताएका थिए ।

यसैगरी वरिष्ठ नेता नेपालसँग समेत ओलीले पूर्व एमालेहरू एकहुनुपर्ने बताएका थिए । तर नेता नेपालले भने ओलीलाई आफ्नो कार्यशैली सुधार्न सुझाव दिएका थिए ।

पार्टीमा चुलिएको समस्या समाधानको सुत्र खोज्ने भन्दा प्रचण्डलाई एक्ल्याउने र पूर्व एमालेहरु एकठाँउमा उभिने पक्षमा प्रधानमन्त्रीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमसँगको छलफल केन्द्रित गरेको दुबै नेताहरुले आफु निकट नेताहरुलाई सुनाएकाछन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई १९ पृष्ठ लामो राजनीतिक प्रस्तावमार्फत आरोप लगाएपछि ओलीले नेपाल र गौतमसँग परामर्श गरेका हुन्। यद्यपी अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको प्रस्ताव नेता नेपाल र गौतमसहित ५ जना सचिवालय सदस्यको सहमतीको दस्तावेज भएको ती नेताहरुले बताइसकेका छन् ।

दुबै नेताहरुसँग प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनदेखि महाधिवेशनको नेतृत्वसम्मको विषयमा छलफल गरेको बताइएको छ ।

गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीका अनुसार अध्यक्ष प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो आरोप आफ्नो सहमतिमा तयार भएको उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई जानकारी दिएर फर्केका थिए।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाउँदा पनि प्रचण्डले महाधिवेशन कार्ययोजना नबनाएको, त्यसका लागि महासचिव पौडेलसँग बसेर गृहकार्य नगरेको तथा पार्टी एकीकरणको कामका लागि कुनै पहलकदमी नगरेको प्रधानमन्त्रीले नेताहरुसँग गुनासो गरेको नेकपा स्रोतले उल्लेख गरेको छ ।

ओलीले अध्यक्षको हैसियतले प्रचण्डले पार्टी संचालन गर्नु भन्दा सरकारको काममा हस्तक्षेप मात्रै गरेको गुनासो वरिष्ठ नेता नेपालसमक्ष राखेका छन्।

दुबै भेटमा पार्टीका महासचिव विष्णु पौडेललाई पनि ओलीले साथमा राखेका थिए ।

उता ओली निकट नेताहरुले भने प्रचण्डलाई सहमतिमा ल्याउन र सम्वादको वातावरण बनाउन दुई नेताहरुलाई ओलीले आग्रह गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आगामी मङ्सिर ३ गते सचिवालय बैठक बस्नुअघि सचिवालयका सबैजसो सदस्यसँग परामर्श गर्ने उद्देश्यसहित भेटघाट र छलफल गर्ने क्रममा आज वरिष्ठ नेता नेपाल र गौतमसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन्। उनले सरकारको काममा सहयोगी भूमिका निभाउनुको सट्टा प्रचण्डले निरन्तर बखेडा झिकेर कृत्रिम विवाद निम्त्याइरहेको गुनासो दुवै नेतासँग गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : १७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको