२० आश्विन २०८३, मंगलबार | October 6, 2026

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना



काठमाडौं । हाल नेपालका बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ ।

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको छ ।

त्यस्तै प्रदेश नं १ का पहाडी भु-भागमा आंशिक बदली हुनुका साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना छ । त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ ।

त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : ५३ बजे

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला र डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत

गगनलाई सर्वसम्मत कांग्रेस सभापति हुनबाट रोक्न खड्गीले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६

उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई