७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौंमा कोरोना संक्रमितको संख्या १ लाख नजिक, वरिष्ठ चिकित्सकसहित ४६३ जनाको मृत्यु



काठमाडौं । तिहारको समयमा कोरोना भाइरसको परीक्षणमा कमी देखियो । दैनिक पीसीआर परीक्षण घट्दा संक्रमितको संख्या पनि घटेको देखियो । तर, जति पीसीआर भएको छ, त्यसको आधारमा संक्रमितको संख्या प्रतिशतका हिसाबले धेरै छ ।

सोमबारमात्रै १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जबकी पीसीआर नमुना परीक्षण जम्मा ४ हजार ८३२ जनाको भएको थियो ।

अब चाडवाड सकिएपछि पीसीआर परीक्षण पनि पुनः बढ्नेछ भने संक्रमितको संख्या पनि बढ्ने स्पष्टै छ ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित देशको राजधानी काठमाडौं नै भएको छ । काठमाडौंमा संक्रमितको संख्या १ लाखको हाराहारीमा पुगेको छ ।

सोमबारसम्म देशभर कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुग्दा काठमाडौं उपत्यकामा मात्रै ९७ हजार १ सय ५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा पनि काठमाडौंमा मात्रै ७६ हजार ६५० संक्रमित पुगेका छन् । ललितपुरमा ११ हजार ३७९ जना र भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार छन्।

सक्रिय संक्रमितको तुलना गर्दा पनि सबैभन्दा धेरै काठमाडौं जिल्लामा नै रहेका छन् । काठमाडौंमा १४ हजार २७९, ललितपुरमा २ हजार २०४ र भक्तपुरमा १ हजार १८८ र जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा सोमबार मात्रै दुई जना वरिष्ठ चिकित्सकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा.नारायणबहादुर थापाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिरामीहरुलाई उपचार गर्ने क्रममा कोरोना संक्रमण भएका दुवै चिकित्सकको मृत्यु भएको हो ।

उनीहरुसँगै सोमबारसम्म  काठमाडौं उपत्यत्यकामा वरिष्ठ चिकित्सकसहित ४६३ जनाको मृत्यु भएको छ । जसमध्ये  काठमाडौंमा मात्रै ३०१ जना, ललितपुरमा ८६ जना र भक्तपुरमा भक्तपुरमा ७६ जनाको मृत्यु भएको मन्त्रालयको पछिल्लो तथ्यांकमा जनाइएको छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई