२२ माघ २०८२, बिहिबार | February 5, 2026

राष्ट्रिय वाणिज्य बैंक र सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जा सहकार्य सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सुनकोशी गाँउपालिका (सिन्धुलीे जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहिबार काठमाडौंमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सुनकोशी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल) ले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि गाँउपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ ।

गाँउपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

कार्यक्रममा बागमती प्रदेशसभाका सांसद राजन दाहालले गाँउपालिकाले बजार तथा सडकको विस्तार गरी सकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यको लागि उत्प्रेरित गर्न यस्तो कर्जाले सघाउ पुर्याउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असूलीमा सघाउ पुग्ने बताए ।
गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल) ले यस्तो सहुलियतपूर्ण कर्जा युग परिवर्तन गर्नको लागि अवसर हुने जनाइन ।

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, सहायक प्रबन्धक राजन घिमिरे, प्रकाश राई, गाँउपालिकाका उपाध्यक्ष दिर्व सिं मुक्तान, गाँउपालिकाका पदाधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ३ : २९ बजे

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना