१५ बैशाख २०८१, शनिबार | April 27, 2024

छठपर्व प्रकृति र सभ्यताको अनुपम उदाहरण : संस्कृतिमन्त्री भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छठपर्वलाई प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन ।

छठको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले मानव जीवन अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाइने छठपर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्त्व भएको उल्लेख गर्दै छठपर्व प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका हुन ।

उनले छठको अवसरमा उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा प्रकृति र मानवबीचको गहिरो अन्तरसम्बन्ध झन् प्रगाढ हुने विश्वास व्यक्त गरेका छन ।

मन्त्री भट्टराईले छठ पर्व एउटा समुदाय, एउटा भूगोल विशेषमा मात्र सीमित नरहेको बताउँदै विगतमा मुख्य रुपमा तराई/मधेसमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकालगायत मुलुकका अन्य भूभागमा पनि धुमधामसँग मनाउन थालिएको कारण हाम्रो मौलिक संस्कृतिको आयातन फराकिलो बनेको दाबी गर्दै जातीय, धार्मिक र सम्प्रदायिक विविधता भएको हाम्रो जस्तो मुलुकमा सांस्कृतिक आयातन जति फराकिलो बन्दै जान्छ त्यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्द्रतालाई पनि प्रगाढ र सुमधुर बनाउने दाबी गरे ।

मन्त्री भट्टराईले पर्वले सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको उल्लेख गदै यो एकताले निश्चय नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानलाई सफल बनाउन ठूलो टेवा मिल्नेमा कुनै शंका नभएको बताएका छन ।

उनले हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताको धरोहर छठ पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता, मेलमिलाप र मुलुकको समृद्धिका लागि गोलबद्ध हुन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गदै सूर्यको उपासना गर्दै मनाइने छठपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‍भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : २२ बजे

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल