१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पोखरामा सात जना कोरोना संक्रमितको मृत्यु



पोखरा । पोखरामा २४ घण्टाको बीचमा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदबन्धु शर्माका अनुसार मृत्यु हुनेमध्ये ६ जना पोखरामहानगरपालिकाका मात्रै रहेका छन् । एक जना तनहुँका रहेका छन् ।

पछिल्लो पटक मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २७ का ७१ वर्षीय पुरुष रहेका छन् । बाइल्याट्रल निमोनिया हाइपरटेन्सन रहेका उनको शुक्रबार गएराति १ बजेर ४० मिनेटमा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. १३ का ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका ती पुरुषलाई निमोनिया भएपछि अस्पताल लगिएको थियो । उनको शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै पोखरा महानगरपालिका वडा नं. ९ का ६८ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । मंसिरमा कोरोना संक्रमण पुष्टि भएको ती पुरुषलाई निमोनिया भएर अस्पताल लगिएको थियो ।

यस्तै, पोखरा महानगरपालिका वडा नं. ८ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा शुक्रबार विहान मृत्यु भएको छ । गत कात्तिक गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष मिर्गौला र निमोनिया रोगबाट पीडित थिए ।

यस्तै, पोखरा महानगरपालिका वडा नंं २१ का ७५ वर्षीया पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई पनि ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. १७ का २९ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई पनि ४ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको यिो ।

यस्तै, गण्डकी मेडिकल कलेजमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई ३ मंसिरमा कोरोना संक्रमण देखिएको थियो ।

गण्डकी स्वास्थ्य निर्देशनालले जारी गरेको तथ्यांक अनुसार हालसम्म मृत्यु हुनेको संख्या १३८ पुगेको डा. विनोदवन्धु शर्माले जनाएका छन् ।
हालसम्म गण्डकी प्रदेशमा १० हजार ७५३ जनालाई कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  २ : २० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान