७ आश्विन २०८३, बुधबार | September 23, 2026

पोखरामा सात जना कोरोना संक्रमितको मृत्यु



पोखरा । पोखरामा २४ घण्टाको बीचमा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदबन्धु शर्माका अनुसार मृत्यु हुनेमध्ये ६ जना पोखरामहानगरपालिकाका मात्रै रहेका छन् । एक जना तनहुँका रहेका छन् ।

पछिल्लो पटक मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २७ का ७१ वर्षीय पुरुष रहेका छन् । बाइल्याट्रल निमोनिया हाइपरटेन्सन रहेका उनको शुक्रबार गएराति १ बजेर ४० मिनेटमा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. १३ का ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका ती पुरुषलाई निमोनिया भएपछि अस्पताल लगिएको थियो । उनको शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै पोखरा महानगरपालिका वडा नं. ९ का ६८ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । मंसिरमा कोरोना संक्रमण पुष्टि भएको ती पुरुषलाई निमोनिया भएर अस्पताल लगिएको थियो ।

यस्तै, पोखरा महानगरपालिका वडा नं. ८ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा शुक्रबार विहान मृत्यु भएको छ । गत कात्तिक गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष मिर्गौला र निमोनिया रोगबाट पीडित थिए ।

यस्तै, पोखरा महानगरपालिका वडा नंं २१ का ७५ वर्षीया पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई पनि ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. १७ का २९ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई पनि ४ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको यिो ।

यस्तै, गण्डकी मेडिकल कलेजमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई ३ मंसिरमा कोरोना संक्रमण देखिएको थियो ।

गण्डकी स्वास्थ्य निर्देशनालले जारी गरेको तथ्यांक अनुसार हालसम्म मृत्यु हुनेको संख्या १३८ पुगेको डा. विनोदवन्धु शर्माले जनाएका छन् ।
हालसम्म गण्डकी प्रदेशमा १० हजार ७५३ जनालाई कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  २ : २० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई