७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल कोरोना अस्पतालमा फेरि दुई जनाको मृत्यु



बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नं. १ गुल्मीका ६६ वर्षीय पुरूष र तिलोत्तमा नगरपालिका वडा नं. २ का ५९ वर्षीय पुरूषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

रेसुङ्गाका मृतकलाई गत कात्तिक २७ गत  कोरोना पोजेटिभ भएको थियो । त्यसलगत्तै २८ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

ज्वरो र श्वासप्रश्पासका बिरामी उनको शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी, तिलोत्तमाका संक्रमितलाई यहि मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको पनि शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो । मृतकलाई ज्वरो, मुटुरोग, दम, मधुमेह र श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ  ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ३८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११