११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मोरङमा कोरोना सङ्क्रमणबाट तीनको मृत्यु



मोरङ । मोरङको दुई शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीयसहित तीन जना रहेका छन् ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । मृतक वृद्धको गएको कात्तिक २७ गते पोजिटिभ आएको थियो ।

सोही अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुधबार भर्ना गरिएकामा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालका प्रमुख देवले बताए ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा झापाको गौरादह–८ का ६३ वर्षीय वृद्ध उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएकामा बिहीबार पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : ३६ बजे

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने