२२ भदौ २०८३, सोमबार | September 7, 2026

सीमापार रेल सञ्चालन गरिँदै



काठमाडौं । जयनगर-जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत-नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ ।

कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर-जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसडीपी) का लागि छलफल सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।

यसले रेल सञ्चालन गर्न कार्यविधि बनाउने छ । कार्यविधिबारे भारतले प्रस्ताव गरेको विषयमा नेपालले केही परिमार्जनको प्रस्ताव राखेको उनले जानकारी दिए । बैठकले जयनगर-विजलापुर-बर्दिबास र जोगबनी-विराटनगरको बीचमा अगाडि बढिरहेको सीमापार रेलमार्ग परियोजनाको समीक्षाका साथै यात्रुबाहक रेल सेवा सञ्चालन गर्न भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षद्वारा छलफल गरिएको सचिव श्रेष्ठले बताए ।

उक्त रेलमार्ग सञ्चालन गर्न असोज २ गते भारतबाट खरिद गरिएका दुईवटा डेमो रेल अहिले धनुषाको इनरुवा स्टेसनमा पार्किङ गरिएका छन् ।

त्यसैगरी बैठकमा भारतको जोगवनी र नेपालको विराटनगर बीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्न तीव्र रूपमा काम अगाडि बढाउन दुवै पक्षले सहमति जनाएका थिए ।

तीन अर्ब ७४ करोड भारतीय रुपियाँ अनुदान सहयोग अन्तर्गत सो अन्तरदेशीय परियोजनाको निर्माण भइरहेको बैठकपछि नेपाल र भारतद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : ३० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त