८ पुस २०८२, मंगलबार | December 23, 2025

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना



काठमाडौं । हाल देशको पश्चिम क्षेत्रका उच्च हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै अन्य प्रदेशका पहाडी भूभागहरुको मौसममा आंशिक बदली रहेको छ । त्यसैगरी देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । बाँकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहनेछ ।

त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

बाँकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहनेछ । त्यसैगरी देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ३३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत