२ चैत्र २०८२, सोमबार | March 17, 2026

आजको मौसम : आंशिकदेखि सामान्य बदली, हिमाली र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना



काठमाडौं । हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।

जसअनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै अन्य प्रदेशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली रहेको छ । त्यसैगरी देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली रहने सम्भावना छ । त्यस्तै तराईका भूभागको मौसममा आंशिक बदली रहने देखिन्छ । त्यस्तै देशका बाँकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली हुने सम्भावना रहेको छ । तराईका भूभागको मौसममा पनि आंशिक बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू-भागको मौसममा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ४२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित