९ चैत्र २०८२, सोमबार | March 23, 2026

रुपन्देहीको आर्थिक विकासबाट राजधानीको भरपाई गरिने : अर्थमन्त्री पौडेल



बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट अन्यत्र सारिएको बिरोधमा पार्टीबाट असन्तुष्ट बुटवलका उद्योगी ब्यवसायीहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले राजधानीको भरपाई हुने गरि बिकास दिने आश्वासन दिएका छन् ।

दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृहनगर पुगेका महासचिव पौडेलले पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट उद्योगी ब्यवसायीहरुसँग छलफल गर्दै रुपन्देहीमा राजधानी नरहेता पनि रुपन्देहीको समग्र विकास मार्फत लुम्बिनी प्रदेशको राजधानीको भरपाइ गरिने प्रतिबद्धता ब्यक्त गरे । उनले औद्योेगीक तथा पर्यटनको हव बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताउंदै बुटवल र रुपन्देही आर्थिक विकासका हिसावले राजधानी भन्दा कम नहुने दाबी गरे ।

उनले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीमा राख्ने माग सहित बुटवलका ब्यबसायीले गरेको आन्दोलनमा आफु सहभागी हुन नसकेकोमा दुःख ब्यक्त गर्दै प्रदेशसभाले राजधानी तोक्नु अघि उद्योगी व्यवसायीले गरेको आन्दोलन स्वाभाविक रहेको स्पष्ट पारे ।

अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले सबै क्षेत्रबाट आएका सुझावका आधारमा काम गरिने जानकारी दिंदै रुपन्देहीका उद्योगी ब्यबसायीबाट पनि सुझावको अपेक्षा राखेको बताए ।

पौडेलले नेकपा फुटोस् भन्नेहरुको संख्या नेकपा भित्र १ दर्जन संख्या भन्दा बढी नरहेको उल्लेख गर्दै कार्यकर्ताको व्यापक दबाबका कारण अझै पार्टीमा एकता कायम रहने आशा बाँकी रहेको स्पष्ट पारे ।

उद्योगीहरुको तर्फबाट बोल्दै उद्योगी एजाज आलमले सरकारका कतिपय कामहरु अलोकप्रिय रहेको बताउंदै लोकप्रिय काम गर्न ठुला ठुला काम गर्न आवश्यक नरहेको बताए ।

 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ५६ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा