८ पुस २०८२, मंगलबार | December 23, 2025

बजेटको अभावले झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदैन : अध्यक्ष तिमिल्सिना



परासी । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी नारायणी नदीमा बन्न लागेको झोलुङ्गे पुल निर्माणलाई गति दिन आग्रह गरेका छन् ।

बजेट अभावकै कारण पुल निर्माणमा ढिलाई हुन नदिने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले सुस्ता गाउँपालिका-५ पक्लिहवास्थित पुल निर्माण भइरहेको स्थलको मंगलबार स्थलगत निरीक्षण गर्दै झोलुङ्ग पुल समयमै निर्माण सम्पन्न गर्न सबैको सहयोग र खबरदारी आवश्यक रहेकोमा जोड दिए ।

विसं २०७२ मै सम्पन्न भइसक्नुपर्ने झोलुङ्गे पुल लामो समय वित्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि अध्यक्ष तिमिल्सिनाले विशेष पहल र चासो देखाउँदै आएका छन् । डेढ वर्ष अघि पहिलो पटक निरीक्षणमा आउँदा पुल निर्माण अवरुद्ध देखेपछि आफूले सम्बन्धित मन्त्रालय र निर्माण व्यवसायीलाई घच्घचाउँदै आएको र त्यसको प्रगतिको अवस्था हेर्न दोस्रो पटक उक्त निर्माणाधीन झोलुङ्ग पुलको निरीक्षणमा आएको उनले जानकारी दिए ।

सरकारका सम्बन्धित निकायको कमजोरी र निर्माण व्यवसायीको गैरजिम्मेवारीपनका कारण पुल निर्माणमा ढिलाइ भएको बताउँदै उनले निर्माणको जिम्मा लिने तर काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सक्ने गरी ऐन परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

अहिलेसम्म झोलुङ्गे पुलको २० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी गराएका थिए । उनले भने, “जमिनमुनि गर्नुपर्ने पायलिङ्को काम ९० प्रतिशत सकिएको छ, २ सय २० वटा पायलिङ् गर्नुपर्नेमा १ सय ९५ वटा सम्पन्न भएको छ, यसबाट १२ वटा पिल्लर बन्छन्, थप दुई वटा पिल्लरका लागि २५ वटा पायलिङ् गर्न बाँकी छ, अब केही दिनमै काम सुरु हुन्छ ।”

वर्षातको कारणले अहिले निर्माणको काम अवरुद्ध रहेको भन्दै कुनै अवरोध नआएमा अवको १८ महिनामा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण हुने अध्यक्ष पाण्डेले बताए ।

यहाँ पुल निर्माण सम्पन्न भएपछि सुस्तावासीलाई वारपार गर्न सहज हुने सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए । पुल नहुँदा अहिले सुस्तावासीलाई नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा भारतीय भूमि हुँदै आउजाउ गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ०८ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको