१ पुस २०८२, मंगलबार | December 16, 2025

अर्थमन्त्री पौडेलमाथि काँग्रेसले गरेको ‘दुर्व्यवहार’प्रति नेकपा रुपन्देहीको आपत्ती



बुटवल । नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई नेपाली काँग्रेस रूपन्देहीले कालोझण्डा देखाएकोमा नेकपा रूपन्देहीले गंभीर आपत्ती प्रकट गरेको छ।

बुधबार बिहान मन्त्री पौडेलले काँग्रेसका कार्यकर्ताहरुले बुटवलमा मन्त्रीपदसँग प्रदेश राजधानी साटेको आरोप लगाउँदै कालो झण्डा देखाएका थिए ।

आफ्नो पार्टीका महासचिव एवं संघीय सरकारका अर्थमन्त्रीलाई प्रमुख प्रतिपक्षी दलका कार्यकर्ताले अराजनीतिक व्यवहार गरेको भन्दै नेकपाले आपत्ति जनाएको हो ।

‘शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाई संगसंगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उद्घघाटन, सिलान्यास र अनुगमनको सिलसिलामा रहनु भएका अर्थमन्त्रीको विरोध गरेर कांग्रसले आफुलाई यी सबै विकास प्रयासहरूको बिपक्षमा खडा गर्न चाहेको त होईन ? गंभीर प्रश्न खडा भएको छ।’ नेकपाले भनेको छ ।

‘यस सन्दर्भमा हामी नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न आग्रह गर्दछौ’, जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागार्इंले भने, ‘पार्टीले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ ।’

 

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : ५२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज