९ चैत्र २०८२, सोमबार | March 23, 2026

ढकाल समूहलाई जिताउन भक्तपुरमा ७० जिल्ला नगरका अध्यक्षको भेला



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् ।

आफ्नो प्यानललाई जिताउन भक्तपुरमा भेला भएका जिल्ला नगर अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका उद्योगीहरुले उचित नेतृत्व पाएको आभाष हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला नगरका अध्यक्षहरुको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ढकालले व्यवसायीका समस्या बुझ्नका लागि वास्तविक व्यवसायी चाहिने भन्दै त्यस्ता व्यक्तिले मात्रै महासंघको नेतृत्वमा बसेर काम गर्न सक्ने जिकिर गरे ।

‘म बाग्लुङमा जन्मिएर सानो व्यवसायीदेखि ठूला व्यवसायसम्म संचालन गर्दै ७७ ओटै जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेको छु,’ उनले भने, ‘म चुनाव जित्नका लागि मात्रै नजिकिए भने मेरो व्यापार व्यवसाय कसरी चल्छ ? तसर्थ म महासंघको पद भएपनि नभएपनि जिल्ला नगरकै साथीहरुसँग रहनेछु ।’

चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफु र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाएकोमा आभार प्रकट गर्दै उनले आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने प्रतिवद्धता जनाए ।

‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, समस्या परेर फोन गर्दा नेतृत्वले फोन उठाएन भन्ने गुनासो गर्नु भएको छ ती कुरा आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोनो साख फर्काउँदै प्रतिनिधित्व गराउनेछ,’ उनले भने ।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा ढकाल समुहलाई निर्वाचनमा विजय गराउन ७० भन्दा जिल्ला तथा नगरका अध्यक्षहरु भेला भएका थिए । भेलामा उपस्थित अध्यक्षहरुले लामो समयपछि महासंघमा आफुहरुले जिल्ला नगरका समस्या बुझेका चन्द्र ढकालजस्तो व्यक्ति नेतृत्वमा पाएको र चन्द्र ढकाल टीमलाई जिताउन आफुहरु चुनावसम्म खटिने समेत बताएका छन् ।

कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानलको विकल्प नभएको बताएका थिए । महासंघमा ताम्राकार एक प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

त्यस्तै कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ तथा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अवालले चन्द्र ढकाल टीमलाई भक्तपुरमा स्वागत गर्दै विजयको शुभकामना समेत दिएका छन् ।

उनीहरुले उद्योगी व्यवसायीका हकहितका लागि ढकाल प्यानललाई जिताउन सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ३ : १७ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा